पोखरामा खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता सुरु (फोटोफिचर)

केन्द्रभाग मिडिया

पोखरा ।
२० औं अन्तर्राष्टिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप पोखराम सुरु भएको छ । प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ र टेन्डमतर्फ ३७ खेलाडीहरुले प्रतिष्पर्धामा उत्रिएका छन् । सहभागी मध्य ८ महिला खेलाडी रहेको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)ले जनाएको छ ।

प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य राजिव पाहारीले उद्याटन गरे । प्रतियोगितामा सहभागी खेलाडीले पोखरा–१८ सराङकोटबाट टेक अफ गरेर फेवा किनार खपौदीमा ल्याड गर्ने छन् ।

पहिलो राउण्डको खेलमा सोलो ओभरअलमा सागर जलारी र विष्णु तिमिल्सिनाले ०.३ अक, विशाल थापाले ०.४ अंक, पवन परियार र मदन कुमार सुनारले ०.६ अंक ल्याएका छन् ।

टेण्डम ओभरअलमा शिव तिमिल्सिनाले २ अंक, सुवास थापाले ३ अंक र अनिश थापाले ९ अंक ल्याएका छन् ।

त्यस्तै महिला तर्फ ओभरअलमा दुर्गा माया गुरुङले ५० अंक, अनुष्का सुनवारले ९८ र स्वस्तिका गुरुङले १०४ अंक ल्याएका छन् ।

ल्याण्ड गर्दा सेन्टर पोइन्ट तोकिएको छ । सेन्टर पोइन्टको नजिक पुग्ने खेलाडी जितको दावेदार बन्न सक्छ । अर्थात कम अंक ल्याउने खोलाडी विजेता बन्ने छ ।

सोले खेलमा ६ राउण्ड टेक अफ र ल्याण्ड गर्नुपर्ने छ भने, टेण्डम तर्फ ४ राउण्ड टेक अफ र ल्याण्ड गर्नु पर्नेछ । ३ दिन सम्म चल्लने खेलमा दैनिक एक खेलाडीले २ उडान गर्ने छन् ।

 


प्रतियोगिताको अन्तिम दिन चैत २५ गते विभिन्न सांस्कृतिक भेष–भुषा सहित पाइलटहरुले कौशल पदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शो समेत हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिष्पर्धा हुने नाले जनाएको छ । एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वल्ड कप तथा प्रि वल्ड कप र पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप पनि यो प्रतियोगिता आयोजना गरिएको हो ।

 

  • २३ चैत्र २०७८, बुधबार १८:५१ प्रकाशित