बार निर्वाचन अपडेट : गठबन्धनका घिमिरे करिब ५ सय मतले अगाडि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एसोसिएसनको अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन् । केन्द्रीय कार्यसमिति निर्वाचनको जारी मतगणनामा घिमिरेले ९३२ मत पाएका छन् । हालसम्मको मत परिणामअनुसार घिमिरे करिब ५ सय मतले अगाडि छन् ।

प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ४६३ मत पाएका छन् । त्यसैगरी महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ८३६ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ५५० मत पाएका छन् । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र २८६ मतले अगाडि छन् ।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलकाअनुसार महासचिव बाहेक अन्य सबैजसो पदमा सत्ता गठबन्धनका उम्मेदवारहरू करिब ४ सय मत अन्तरले अगाडि छन् । हालसम्म करिब १ हजार ५ सय मत गनिएको छ ।

हालसम्म प्रदेश नम्बर १ को विराटनगरबाहेक अन्य सबै स्थानको मत गनि सकिएको छ भने प्रदेश नम्बर २ को राजविराजको मत गन्न बाँकी छ । त्यस्तै सर्वोच्च अदालत बारको ३६२ मत र ललितपुर बारको २ सय मत गनि सकिएको छ ।

  • २३ चैत्र २०७८, बुधबार १४:१८ प्रकाशित