हिसानको महाधिवेशन चैत्र २५ र २६ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

उच्च माध्यमिक विद्यालय संघले आठौँ राष्ट्रिय महाधिवेशन यहि चैत २५ र २६ हुने भएको छ । महाधिवेशन काठमाडौंमा हुने आज बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

हिसानमा अध्यक्ष रमेश कुमार सिलवालले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आठौँ महाधिवेशन सुरुवात गरिने जानकारी दिए ।

यस्तै, महाधिवेशनको अवसरमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान बहससमेत हुने अध्यक्ष सिलवालले बताए ।

यस अध्यक्ष सिलवालले महाधिवेशनले देशभर संचालित निजी शिक्षालयहरू बीचको एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।

  • २३ चैत्र २०७८, बुधबार १७:०९ प्रकाशित