ब्यानर न्युज


राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाइए कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई त्यो जिम्मेवारी दिएका हुन् । आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको हो । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय...

पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ । हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्दै...

आज पनि घट्यो सुनको भाउ

काठमाडौं । सुनको आज पनि घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार...

अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दिउँसो १२ बजे सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । सरकारले संवैधानिक परिषद् सम्बन्धी र...

तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुईजनाको ज्यान गुम्यो

बुटवल । स्कुटर दुर्घटना हुँदा बुटवलमा दुई जनाको ज्यान गुमेको छ । पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरोलो सडकमा अनियन्त्रित...

एउटा प्रदेशमा भारी वर्षा, ६ वटा प्रदेशमा चट्याङसहित वर्षा हुने

काठमाडौ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा...

आज २६ अंक घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६.१६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २७७० अंकमा झरेको छ । अघिल्लो दिन नेप्से ७.७ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ६ अर्ब...

सरकारले सिफारिस गरेको अध्यादेश अध्ययन गर्दै राष्ट्रपति

काठमाडौं । सरकारले संसद्को अधिवेशन स्थगन गरेर दुई वटा अध्यादेश ल्याएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र...