काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारभित्र जलेका भवन बनाउन दिन प्रस्ताव गरेका छन्।सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो जिम्मेवारी पाए आफूले श्रम दानबाटै उक्त भवनको पुनर्निर्माण गरिदिने बताए।
प्रिबजेटमाथि छलफलमा सहभागी भएका उनले उक्त विषयमा कुनै उल्लेख नगरी आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रका विकास निर्माणसँग सम्बन्धित बजेट दिन माग समेत गरे ।

















