आज २ वर्ष यताकै न्युन सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेयर बजारमा कारोबार रकम सुक्खा लागेको छ ।

सोमबार जम्मा २ अर्ब ४५ करोडको कारोबार भयो । पूरा अवधिभर (४ घण्टा) कारोबार हुँदाको अवस्थामा यो कारोबार रकम २ वर्ष (२०८१ वैशाख २४) यताकै न्यून हो । बजारमा दैनिक २९ अर्ब ९५ करोड रुपैयाँसम्मको कारोबार भएको रेकर्ड छ ।

तर सर्किट ब्रेकरका कारण पूरा अवधि कारोबार नहुँदा फागुन २५ गते ५५ करोडको मात्रै कारोबार भएको थियो । सो दिन सर्किट ब्रेकका कारण छोटो समय कारोबार भएकाले न्यून भएको थियो ।

अघिल्लो दिन ३ अर्ब ९ करोडको कारोबार भएको थियो ।बजार परिसूचक नेप्से आज १।०३ अंक घटेको छ । सो कमीपछि नेप्से २७३० मा कायम भएको छ ।

  • ४ जेष्ठ २०८३, सोमबार १५:५९ प्रकाशित