प्रमुख समाचार


इजरायली राजदुत बाससंग पोखरा महानगरका मेयर आचार्यको भेटवार्ता

पोखरा । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नगर प्रमुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–इजरायल सम्बन्ध तथा पोखरा र इजरायलबीच साझा हितका विभिन्न विषयमा छलफल भएको...

लुम्बिनीका मुख्यमन्त्रीले साउनको अन्तिम साता विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउनको अन्तिम साता प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । सोहीअनुसार साउन २५ देखि ३० गतेभित्र लुम्बिनी प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले...

निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा

काठमाडौं । पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को ब्रोड पिक हिम पहिरोमा परी दुःखद निधन भएपछि उनको फाउन्डेसनले राहत कोषको घोषणा गरेको छ । निम्सदाइ फाउन्डेसनले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतीय गाइडहरूका पीडित परिवारको सहयोगार्थ विशेष...

नेपालगन्जमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको ज्यान गयो

बाँके । नेपालगन्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको ज्यान गएको छ । साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै ज्यान गएको हो भने ४५ वर्षीय...

भारतको झारखण्डमा चट्याङ लागेर १४ जनाको ज्यान गयो

काठमाडौं । भारतको झारखण्डमा मंगलबार चट्याङ लागेर कम्तीमा १४ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । मृतकमध्ये सबैभन्दा धेरै ९ जना गिरिडीह जिल्लाका, ३ जना दुमका र २ जना लातेहार जिल्लाका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको अस्पतालमा...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य स्थिर हुँदा अस्ट्रेलियन डलरको...

संघीयता बारेमा जनप्रियका विद्यार्थीलाई अभिमुखीकरण

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीले पोखराको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीलाई संघीयता र प्रदेशसभाको अभ्यासका बारेमा जानकारी दिएको छ । युवा लक्षित संसदीय पहुँच कार्यक्रम अन्तर्गत मंगलबार आयोजित अभिमुखीकरणमा क्याम्पसका विभिन्न तहमा अध्ययनरत १...

गाउँपालिकाका सूचना प्रविधि अधिकृत १ लाख घुससहित पक्राउ

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । भुक्तानी...

रोल्पामा जिप दुर्घटना : ९ जना घाइते

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब...