भारतको झारखण्डमा चट्याङ लागेर १४ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको झारखण्डमा मंगलबार चट्याङ लागेर कम्तीमा १४ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

मृतकमध्ये सबैभन्दा धेरै ९ जना गिरिडीह जिल्लाका, ३ जना दुमका र २ जना लातेहार जिल्लाका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको अस्पतालमा उपचार जारी छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

जम्मु–कश्मीरको शोपियाँ जिल्लाको जोरा गाउँमा सोमबार राति आएको बाढीले बस्ती, कृषि जमिन र व्यवसायिक प्रतिष्ठानहरू डुबानमा परेका छन् । उत्तरी कश्मीरको बान्डीपोरा जिल्लास्थित सुमलर क्षेत्रमा पनि बाढीका कारण तीनवटा घरमा क्षति पुगेको छ ।

  • २० श्रावण २०८३, बुधबार १०:५८ प्रकाशित