प्रमुख समाचार


चुनावी तालमेल र उम्मेदवार छनोट मापदण्ड बनाउँदै कांग्रेस

काठमाडौं । तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिदै छ । बैठकमा आज आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने नगर्ने भन्ने निष्कर्ष निकालिने भएको छ। आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज...

चुनावमा १ करोड ७७ लाख बढीले मत हाल्न पाउने : कहाँ कति मतदाता छन्( सूचीसहित)

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढीले मत हाल्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि हिजो बसेको आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जस अनुसार १ करोड ७७ लाख ३३...

एक दुई स्थानमा चट्याङसहित मेघगर्जन वर्षाको सम्भावना

काठमाडौं । केही दिन खुलेको आकाश आज भने धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा...

ओलीले भने,‘हामी विगतदेखि नै निर्वाचन आयोगबाट पीडित छौँ ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विगतदेखि नै निर्वाचन आयोगबाट पिडित रहेको बताएका छन् । निर्वाचन आयोग एमालेविरुद्ध सत्ता गठबन्धनको सहयोगीको रुपमा भूमिका खेल्दै आएको ओलीले बताएका हुन् । स्थायी कमिटीको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले...

धार्मिक पर्यटनमार्फत प्रदेशलाई समृद्ध बनाउन सकिन्छ : मुख्यमन्त्री पोखरेल

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी...

भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन्...

चिनियाँ विदेशमन्त्री वाङ र प्रचण्डबीचको भेटमा के–के कुराकानी भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेल्ट एण्ड रोड (बीआरआई) कार्यान्वयनमा पहलकदमी लिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीसँग आज बिहान भएको भेटमा प्रचण्डले यस्तो आग्रह गरेका...

देशभरका निर्वाचन अधिकृतको नाम सार्वजनिक : को कहाँ खटिदैँछ (सूचीसहित)

काठमाडौं । आगामी निर्वाचनमा खटाइने अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको हो...

चिनियाँ विदेशमन्त्री नेपालमा

काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।...