चिनियाँ विदेशमन्त्री वाङ र प्रचण्डबीचको भेटमा के–के कुराकानी भयो ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेल्ट एण्ड रोड (बीआरआई) कार्यान्वयनमा पहलकदमी लिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीसँग आज बिहान भएको भेटमा प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

आइतबार नक्सालस्थित मेरियट होटेलमा भएको भेटमा प्रचण्डले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन आग्रह गरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए ।

माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रूपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरूले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिए

प्रचण्डले व्यापार घाटा बढ्दै गएको र सहजीकरण र सन्तुलित गर्नेबारे कुरा राखेको बताइएको छ । त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धबारे पनि छलफल भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले नेपालले आफ्ना दीर्घकालीन हितबारे लिने निर्णयको सम्मान आफूहरूले गर्ने बताएका थिए।

  • १३ चैत्र २०७८, आईतवार १४:०२ प्रकाशित