एक दुई स्थानमा चट्याङसहित मेघगर्जन वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

केही दिन खुलेको आकाश आज भने धुम्मिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ।

महाशाखाको अनुसार सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

  • १४ चैत्र २०७८, सोमबार ०८:२१ प्रकाशित