चुनावी तालमेल र उम्मेदवार छनोट मापदण्ड बनाउँदै कांग्रेस

केन्द्रभाग मिडिया

काठमाडौं ।

तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिदै छ ।

बैठकमा आज आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने नगर्ने भन्ने निष्कर्ष निकालिने भएको छ। आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज औपचारिक निर्णय गर्दै छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चुनावी तालमेल लगायतका विषयमा आजको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

यस्तै कांग्रेसले उम्मेदवार छनोटको लागि मापदण्ड निर्धारण गर्ने भएको छ।

  • १४ चैत्र २०७८, सोमबार ०९:५० प्रकाशित