प्रमुख समाचार


पाल्पाको लाखे नाच पोखरामा देखाइने

पोखरा । पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ । सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ ।न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताए...

गण्डकीमा १३ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण पुष्टि

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म १३ सय जनामा डेङ्गी संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको यो तथ्याङ्क गत आइतबारसम्मको हो । निर्देशनालयको अनुसार गण्डकीका दस जिल्लामा गरि १३ सय जनाभन्दा बढीमा...

‘सीआईडी हौँ’ भन्दै पैसा असुल्ने २ जना पोखराको बाग्लुङ बसपार्कबाट पक्राउ

पोखरा । पोखरामा प्रहरीको सीआईडी हौ भन्दै सर्वसाधरणलाई दुख दिई पैसा असुल्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष ३२ का सन्दिप श्रेष्ठ र वडा नम्बर ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापा रहेको जिल्ला...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिएका...

विपद्‌बाट हालसम्म दुई सय ११ जनाले ज्यान गुमाए

काठमाडौँ । नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट दुई सय ११ जनाले ज्यान गुमाएका छन् । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको...

रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८१ असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ । राष्ट्रिय भेला भन्दा अगाडि सो पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने भएको छ । बुधवार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको कार्यवाहक...

आफू मरेर बसका यात्रु जोगाएका चालक मेघनाथका परिवारलाई सरकारले ५ लाख दिने

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । अगष्ट १९ तारिख (भदौ ३ गते) मनाइने...

आज डलर, युरो र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा छ । यस्तै युरो एकको खदिदर...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते...