प्रमुख समाचार


भिरकोटमा कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ७ जना आकांक्षी

पोखरा । स्याङ्जाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा १२ जना र उपमेयरमा ७ जनाले आकांक्षा प्रकट गरेका छन् । नेपाली कांग्रेस भिरकोट नगरसमितिका सभापति याम प्रसाद अधिकारीका अनुसार वर्तमान मेयर छायाराम खनाल, गोविन्द कर्माचार्य, तोयानाथ अर्याल,...

पेट्रोलको मुल्य घट्यो (नयाँ मूल्य सूचीसहित)

  महिनौँपछि पेट्रोलको मुल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ घटेको हो । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको...

स्थानीय निर्वाचन वैशाख ३० गते नै हुन्छ , यो सर्दैन : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन नसर्ने दोहोराएका छन् । आज  पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै यो नसर्ने दाबी...

सत्ता गठबन्धनको बैठक : टुंगिएन भागबन्डा, आजै अर्को बैठक

काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको बताइएको छ। स्थानीय तहको निर्वाचन आउन जम्मा २५ दिन बाँकी रहेको छ भने उम्मेदवार मनोनयनका...

एमाले पोखराले आकांक्षी सबैको नाम पठाएकोमा नेता अधिकारी असन्तुष्ट

पोखरा । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी पोखरा महानगरमा मेयर र उपमेयरका सबै आकांक्षीको नाम पठाउनु कमजोरी भएको बताएका छन् । इन्चार्ज र सहइन्चार्ज नै आकांक्षी देखिएपछि सहमति नगरीकन आकांक्षी सबैको नाम पठाउनु कमजोरी भएको उनले औंल्याए । नेपाली...

सबै महानगरमा एमालेका उम्मेदवार आकांक्षी सिफारीस (कहाँबाट को ?)

पोखरा । देशभरका सबै महानगरपालिकामा नेकपा एमालेका सम्बन्धित महानगर कमिटीले बाट केन्द्रमा उम्मेद्वार र आकांक्षी सिफारीस गरेका छन् । काठमाडौं महानगरपालिकामा एमाले काठमाडौं महानगर कमिटीले मेयरका लागि संघीय सांसद रामवीर मानन्धर, वर्तमान मेयर विद्यासुन्दर...

उम्मेदवारी दर्ता गर्न ६ दिन बाकीँ : यस्तो छ गठबन्धनमा गाठो नफुक्नुको कारण

काठमाडौं। सत्ता गठबन्धनमा चुनावी तालमेलको कुरा नमिल्ने संकेतहरु देखिएको छ । नेपाली काँग्रेसभित्र तालमेलप्रति तिव्र असन्तुष्टि भएसँगै कुरा नमिल्ने संकेतहरु देखिएको हो । काँग्रेसले कम्तिमा ४ महानगरपालिकासहित अधिकांश उमहानगरपालिका, आफूले जितेको नगरपालिका...

सशस्त्र प्रहरी बलको एआईजीमा अर्याल सिफारिस

सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस समितिको बैठकले अर्याललाई एआईजीमा...

सत्ता गठबन्धनमा सकस : सिट बाँडफाँटको टुंगो लागेन, धमाधम उम्मेदवार सिफारीस

स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि...