स्थानीय निर्वाचन वैशाख ३० गते नै हुन्छ , यो सर्दैन : प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन नसर्ने दोहोराएका छन् ।

आज  पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै यो नसर्ने दाबी गरेका हुन् । उनले भने, निर्वाचन सर्ने कुरा हल्ला मात्र हो, गठबन्धन निर्वाचनमा होमिइसकेको छ। निर्वाचन सर्दैन, यो वैशाख ३० गते नै हुन्छ ।’

निर्वाचन मुखैमा आइपुग्दा पनि सर्छ भन्दै हल्ला चलाउनु आश्चर्य भएको उनले बताए । प्रचण्डले भने, ‘हाम्रो मुलुकमा निर्वाचन हुने दिनको बिहान पनि निर्वाचन सर्छ भन्ने हल्ला चल्छ । यो आश्चर्यजनक छ ।तर यो निर्वाचन सर्दैन।

प्रचण्डले निर्वाचनका लागि तयारी तिव्र पारिएको भन्दै सम्पूर्ण जनतालाई संशकित नभई चुनाव सफल पार्न सहयोगको अपिल गरे ।यस्तै उनले आज साँझ बस्ने गठबन्धनको बैठकले महानगर र उपमहानगरको भागबन्डाको टुंगो लगाउने दाबी गरेका छन् ।

  • ५ बैशाख २०७९, सोमबार १३:५३ प्रकाशित