पेट्रोलको मुल्य घट्यो (नयाँ मूल्य सूचीसहित)

केन्द्रभाग मिडिया

 

महिनौँपछि पेट्रोलको मुल्य घटेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ घटेको हो । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमले जनाएको छ।

निगमको अनुसार नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा ९पाक्षिक० करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।

यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।

  • ५ बैशाख २०७९, सोमबार १५:३३ प्रकाशित