सबै महानगरमा एमालेका उम्मेदवार आकांक्षी सिफारीस (कहाँबाट को ?)

केन्द्रभाग मिडिया

पोखरा ।
देशभरका सबै महानगरपालिकामा नेकपा एमालेका सम्बन्धित महानगर कमिटीले बाट केन्द्रमा उम्मेद्वार र आकांक्षी सिफारीस गरेका छन् ।

काठमाडौं महानगरपालिकामा एमाले काठमाडौं महानगर कमिटीले मेयरका लागि संघीय सांसद रामवीर मानन्धर, वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तलाई र उपमेयरका लागि सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्लेलाई सिफारीस गरेको छ ।

ललितपुर महानगरपालिकामा महानगर कमिटीले मेयरका लागि हरिकृष्ण व्यञ्जनकार र उपमेयरको उम्मेद्वारका लागि मञ्जली शाक्यको नाम सिफारीस गरेको छ ।

पोखरा महानगरपालिकामा महानगर कमिटीले भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ,  रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली,  दर्शन लामा,  पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीको नाम केन्द्रमा पठाइएको छ ।

उपमेयरको उम्मेद्वारका लागि  शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

चितवन महानगरपालिकामा महानगर कमिटीले मेयरका लागि विजय सुवेदीको नाम सिफारीस गरेको छ । त्यहाँ उपमेयरको उम्मेद्वार टुंगो लागेको छैन । वीरगन्ज महानगरपालिकामा एमाले विरगञ्ज महानगरपालिकाले मेयरका लागि विजय सराबगीको नाम सिफारिस गरेको छ । उक्त स्थानमा उपमेयरको नाम भने टुंगिन बाँकी छ ।

विराटनगर महानगरपालिकामा त्यहाँको नगरकमिटीले रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराई
उपमेयरका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्यायलाई सिफारिस गरेको छ ।

  • ५ बैशाख २०७९, सोमबार ०८:०९ प्रकाशित