भिरकोटमा कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ७ जना आकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा १२ जना र उपमेयरमा ७ जनाले आकांक्षा प्रकट गरेका छन् ।

नेपाली कांग्रेस भिरकोट नगरसमितिका सभापति याम प्रसाद अधिकारीका अनुसार वर्तमान मेयर छायाराम खनाल, गोविन्द कर्माचार्य, तोयानाथ अर्याल, यामप्रसाद अधिकारी, दीपेन्द्र केसी भक्तबहादुर केसी, दिपक रोका, शेषकान्त अर्याल, भेषराज अर्याल, सिमा केसी कर्माचार्य, पितम्बर श्रेष्ठ, र मेघबहादुर खड्काले मेयरका लागि निवेदन दिएका छन् ।

उपमेयरका लागि चण्डिका सापकोटा अर्याल, इन्दिरा केसी, सिमा केसी कर्माचार्य, सुनिता उचै ठकुरी, विन्दु खड्का, विष्णुमाया काफ्ले र भगवती रेग्मीले निवेदन दिएका छन् ।

नेपाली कांग्रेसले भिरकोट नगरपालिमा २०७४मा मेयर उपमेयर सहित ९ वटा वडा मध्ये ५ वटा वडामा जितेको थियो । बाँकी चार वटा वडामा एमालेले जितेको थियो ।

 

  • ५ बैशाख २०७९, सोमबार १७:१५ प्रकाशित