समाज


अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो...

२०८२ सालमा व्रतबन्ध र विवाहको साइत कति छ ?

व्रतबन्धको साइत २०८२ सालमा मात्र ८ दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वैशाख महिनामा ५ गते शुक्रवार, १९ गते शुक्रवार र २४ गते बुधवार गरी ३ दिन रहेको छ । फाल्गुन महिनामा ७ गते बिहीबार, १४ गते बिहीबार र १५ गते शुक्रवार गरी ३ दिन रहेको छ...

भारतको केआईआईटी कलेजबाट निकालिएका ९६ विद्यार्थी नेपाल फर्के

काठमाडौँ । भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९६ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका पर्सा प्रहरीले जनाएको छ। किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगन्ज नाका हुँदै अहिलेसम्म ९६ जना घर फर्किएको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद भएको छ । मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी...

ओम् शान्ति फुलबारीमा फागुन ८ देखि राजयोग मेडिटेसन आयोजना हुँदै

पोखरा । शिवशात्रीको अवसरमा पोखरा महानगरपालिका फूलबारी ११ शिवशक्तिमार्गमा अवस्थित ब्रह्माकुमारीज दिव्य शान्ति अनुभूति भवनमा पाँच दिवसीय राजयोग प्रशिक्षण(मेडिटेसन) आयोजना हुने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय नयाँबजार,...

दारी ग्याङको नवौँ वार्षिकोत्सव सम्पन्न

पोखरा । सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समुह दारी ग्याङको नवौं वार्षिकोत्सव सम्पन्न भएको छ । दारी ग्याङले काठमाडौंमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम ,दन्त परीक्षण कार्यक्रम तथा सुलेखन कलाको कार्यक्रम गरेर भव्यताका साथ सम्पन्न गरेको छ भने...

रोल्पामा टिपर दुर्घटना : एक जनाको ज्यान गयो

बुटवल । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटनास्थलमै...

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा : गण्डकीका ४ जना पुरष्कृत घोषित

काठमाडौँ । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च...

काठमाडौं कालीमाटीमा एक व्यक्ति मृत फेला, हत्याको आशंका

काठमाडौं । कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति हरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको...