काठमाडौँ ।
भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९६ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका पर्सा प्रहरीले जनाएको छ। किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगन्ज नाका हुँदै अहिलेसम्म ९६ जना घर फर्किएको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
उनीहरूलाई प्रहरीले बारा, रौतहट र पर्सास्थित उनीहरूको घरसम्मा जान सहजीकरण गरेको छ । काँकडभिट्टा नाका र विराटनगर हुँदै पनि विद्यार्थीहरू फर्किएका छन् । विराटनगरमा आएर ५ जना विद्यार्थीले आफूहरू स्वदेश फर्किएको जानकारी गराएको प्रहरीले जनाएको छ ।
उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो ।
















