बुटवल ।
रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटनास्थलमै ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार दुर्घटनामा टिपर चालक निजगढ५, बारा निवासी ३६ वर्षीय जिते कुमारको ज्यान गएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















