ओम् शान्ति फुलबारीमा फागुन ८ देखि राजयोग मेडिटेसन आयोजना हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।

शिवशात्रीको अवसरमा पोखरा महानगरपालिका फूलबारी ११ शिवशक्तिमार्गमा अवस्थित ब्रह्माकुमारीज दिव्य शान्ति अनुभूति भवनमा पाँच दिवसीय राजयोग प्रशिक्षण(मेडिटेसन) आयोजना हुने भएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय नयाँबजार, पोखराको आयोजनामा ब्रह्माकुमारीज दिव्य शान्ति अनुभूति भवनमा पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले बताए अनुसार राजयोगको मुख्य प्रशिक्षण यहि फाल्गुण ८ गतेदेखि १२ गतेसम्म हुनेछ । राजयोग प्रशिक्षण फागुन ८ देखि हरेका दिन बिहान ६ः३० देखी ८ः३० बजेसम्म प्रभातकालीन सत्र, बिहान ११ः३०–दिउँसो १ः३० सम्म दिवाकालीन सत्र, साँझ ४ः०० देखि ६ः०० बजेसम्म सन्ध्याकालीन सत्र सञ्चालन हुनेछ ।

तनाव व्यवस्थापन, सकारात्मक जीवनको कला, र्दुव्यसनमुक्त जीवनपद्धतिका लागि राजयोग आयोजना गरेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले जनाएको छ ।

ब्रह्मकुमार राजु घलेले उपस्थितलाई राजयोगको मुख्य प्रशिक्षण गराउने बताइएको छ ।सो राजयोग प्रशिक्षणमा सहभागी शुख शान्ति प्राप्त गर्न ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले सम्पूर्ण पोखरेलीलाई आग्रहसँगै निमन्त्रणा गरेको छ ।

  • ७ फाल्गुन २०८१, बुधबार १५:३९ प्रकाशित