समाज


स्याङ्जाको चापाकोटमा ‘अफ्रिकन स्वाइन फिवर’

स्याङ्जा । यहाँका एक कृषकले पालन गर्दै आएको बंगुरमा ‘अफ्रिकन स्वाइन फिवर’ रोग भेटिएको छ । स्याङ्जाको चापाकोट–९ का कृषक दिपेन्द्र गहराजले पालेको बंगुरहरुमा अफ्रिकन स्वाइन फिवर संक्रमण रहेको भेटिएको हो । गहतराज बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म संचालन...

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी दिए । शनिबार राति २ सय मेगावाट विद्युत निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा...

जेठ २५ गतेसम्म नागढुंगा–नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द हुने

काठमाडौँ । नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्य हुने भएकाले दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सडक सुधार कार्य गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना पूर्वीखण्डले...

पोखरा विमानस्थलमा निर्माणको सुरुबाटै भ्रष्टाचार भएको छ : अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सुरुबाटै भ्रष्टाचार भएको दाबी गरेका छन् । बुधबार सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै केसीले विमानस्थल ठेक्का...

देशको व्यापार घाटा साढे १२ खर्ब भन्दा बढी

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म देशको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ । १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएकोमा साढे १२ खर्ब बढी घाटा भएको हो । गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अब आवेदन दिएकै दिन श्रम स्वीकृति दिने

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अब आवेदन दिएकै दिन श्रम स्वीकृति दिने जनाएको छ । श्रम स्वीकृतिको कार्यलाई अझ बढी चुस्त, दुरूस्त र प्रभावकारी बनाउन अनलाइनमार्फत आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था गरेको हो । अनलाइन...

नवनियुक्त गभर्नरद्धारा ५० र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पदभार ग्रहण गरेसँगै ५० र एक हजारका  नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएलगत्तै बालुवाटार पुगेर पदभार ग्रहण गरेका गभर्नर पौडेलले...

पोखरामा ‘मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना’ प्रभावकारी

पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ्को रूपमा महानगरपालिकाको वडा नं।१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवर्द्धन...

म्याग्दीमा भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा

म्याग्दी । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ । भूमेपूजापछि लिङ्गो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् । मङ्गलबार सम्पन्न प्रतियोगितामा कान्छीगाउँ विजयी भएको...