समाज


पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको...

नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिए । प्रहरीको ३३औं आईजीपीका...

आज सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो । यस्तै...

सिन्धुलीमा दुर्घटना : २ जनाको ज्यान गयो, ४ जना घाइते

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट...

नेप्से २०.५६ अंकले घट्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ । कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा...

मधेस सरकार गठनविरूद्ध सांसदहरू आज पनि धर्नामा

काठमाडौं। मधेस प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन्। मधेस भवन अगाडि बाटो छेकेर सातदलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन्। प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका...

वर्षाका कारण यस वर्ष धान उत्पादनमा ३ लाख मेट्रिक टनले कमी आउने

काठमाडौं। यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले...

दुर्गा प्रसाईँले गरे सरकारसामु प्रदेश खारेजसहितका २७ बुँदे माग पेस

काठमाडौं । दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग पेस गरेका छन् । बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले सरकारसँग प्रदेश संरचना खारेजसहितका माग पेस गरेका हुन् । सरकारलाई...

लोक सेवा आयोगले माग्यो कर्मचारी

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले आज एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन...