जेठ २५ गतेसम्म नागढुंगा–नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्य हुने भएकाले दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।

जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सडक सुधार कार्य गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना पूर्वीखण्डले बुधवार सूचनामार्फत जानकारी दिएको छ ।

नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने भएको योजनाको भनाइ छ । साथै काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

यसैगरी बन्दको समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ । यसअघि यो खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।

  • ७ जेष्ठ २०८२, बुधबार १६:४६ प्रकाशित