काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सुरुबाटै भ्रष्टाचार भएको दाबी गरेका छन् ।
बुधबार सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै केसीले विमानस्थल ठेक्का प्रकरणबाटै भ्रष्टाचार सुरु भएको बताए ।
प्रतिवेदनमाथि टिप्पणी गर्दै केसीले भने,‘यसमा कुनै पूर्वाग्रह राखिएको छैन, राख्ने उद्देश्य पनि छैन । तर सुरुदेखिको संलग्नता र प्रारम्भिक तहबाटै गलत काम सुरु भएको।’
उनले उड्डयन प्राधिकरणले १४५ मिलियन डलरमा विमानस्थल निर्माणको सम्झौता गरेको भन्दै त्यो भन्दा अघि जाइकाको एउटा रिपोर्टमा पोखराविमानस्थलबारे २ चरणमा ४० र ४५ मिलियन डलर पुरै एयरपोर्ट बनाउन सकिने उल्लेख गरेको बताए । तर त्यो किन स्वीकार नगरिएकोतर्फ नखोजिएको बताए । त्यसपछि प्राधिकरणले १४५ मिलियन डलरको स्टमेटलगत निकालेको केसीको भनाइ छ ।
‘जब सरकारको १४५ मिलियन डलर लगत स्टमेट छ, अनि ३०५ को टेण्डर किन स्वीकृत गर्नुपर्यो ?’, केसीले प्रश्न गर्दै भने, ‘रिटेण्डर किन गर्न सकेन ? त्यसकारण जहाँबाट यो सुरु भयो त्यहीबाट भ्रष्टाचार सुरु भयो । ’