समाज


गण्डकी अपडेट : ४३४ संक्रमित निको भए, १ जनाको मृत्यु (संक्रमितको सूचीसहित)

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४३४ जना निको भएका छन् । भने ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१६ जनाको परीक्षण गर्दा ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै सोही थप एक संक्रमितले ज्यान गुमाएका...

सिमकोट पुगेका जहाज नेपालगञ्ज फर्किएः यात्रु अलपत्र

सिमकोट । हुम्लाको सिमकोट पुगेको जहाज अचानक हावाहुरी चल्दा नेपालगञ्ज फर्किएको छ। हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ । घाम लागेपछि दिनहुँ...

थप ३२ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको...

निजी डेरीले गर्‍यो दूधको नयाँ मुल्य घोषणा: भन्छ,‘डिडिसीले बढाएको मुल्य मान्दैँनौँ’

काठमाडौं । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग डेरीहरुले सरकारी स्वामित्वको डिडिसीले गरेको दूधको मुल्य आफुहरुले स्वीकार नगर्ने बताएका छन् । दूग्ध विकास संस्थानले दूधमा प्रतिलिटर ९ रुपैयाँले बढाएपछि सो मुल्य कायम गर्न आफूहरु तयार नभएको निजी डेरीले...

चितवनमा देखियो बर्ड फ्लु, दुई सय कुखुरा मरे

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका(६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले...

अब गण्डकी प्रदेशभर रगत निशुल्क

पोखरा। गण्डकीमा अब रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगतको खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सय देखि १ हजार रुपैयाँ लाग्ने गरेकामा अब त्यसको खर्च गण्डकी प्रदेश सरकारले बेहोरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार...

गण्डकी अपडेट : आज २ संक्रमितको मृत्यु, (संक्रमितको सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो समय संक्रमणदर र मृत्युदर घटिरहेको छ । हिजो गण्डकीमा ४ संक्रमितको मृत्यु भएकोमा आज २ संक्रमितले ज्यान गुमाएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका स्याङ्जाका १ र बागलुङका १ संक्रमितको ज्यान गएको स्वास्थ्य...

त्रिविका पठनपाठन अब भौतिक उपस्थितिमै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको...

अर्काको बच्चा चोर्ने २ महिला पक्राउ

जनकपुरधाम । अर्काको बच्चा चोरेको आरोपमा धनुषामा दुई महिला पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले...