डिआइजी घनश्याम अर्यालले दिए एआईजी बढुवा सिफारिसविरुद्ध उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ ।

केही साता अघि नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका डिआइजी घनश्याम अर्यालले बढुवा विरुद्धको उजुरी सुनुवाई सचिवालयमा उजुरी दिएका हुन् ।

चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

सिफारिसमा परेका अधिकृत भन्दा आफु सिनियर भएको हुनाले बढुवा बदर गर्न अर्यालले माग गरेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत अर्यालले रातोपाटीसँग भने–‘बढुवा सिफारिसविरुद्ध उजुरी दर्ता गराउने प्रक्रियामा छु ।’

  • ६ चैत्र २०७८, आईतवार १४:१४ प्रकाशित