विदेशी रुपैयाँसहित दुई महिला पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

अवैध रुपमा लैजाँदै गरेको विदेशी रुपैयाँसहित दुई महिलालाई पक्राउ परेका छन्।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी काठमाडौंकी ५६ वर्षीय सहनशीला बज्रचार्य शाक्य र कतार एयरलाइन्सको उडानबाट दोहा जान लागेकी गोरखाकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेकी हुन् ।

त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा उनीहरुसँग विदेशी रुपैयाँ फेला परेकाले कारबाही गरिएको हो ।प्रहरीका अनुसार शाक्यले युरो, क्यानडियन, ओमानी, साउदी रियाल र श्रेष्ठले अष्ट्रेलियन र अमेरिकी डलर अवैध रुपमा लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

  • ६ चैत्र २०७८, आईतवार १६:४९ प्रकाशित