सडक र सवारी


पोखरा २१ फुस्रे खोलामा स्कुल बस दुर्घटना

पोखरा । पोखरा २१ फुस्रेखोलामा एलपी देवकोटा मेमोरिएल स्कुल बिरौटाको स्कुलबस दुर्घटना भएको छ । स्कुलबस विद्यार्थी लिएर स्कुल आउदै गर्दा दुर्घटनामा परेको हो । स्कुलबस सडकको घुम्तीबाट ५० मिटर तल खसेको हो । बसमा २२ जना विद्यार्थी चालक र सहचालक रहेको...

९ सदस्यीय कार्यदल गठनसंगै यातायात व्यवसायीको आन्दोलन फिर्ता

पोखरा । राइड सेयरिङको विरोध गर्दै आन्दोलनमा उत्रेका गण्डकी प्रदेशका यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारका बीचमा भएको वार्ता सफल भएको छ । यससंगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । छलफलमा सरकारले तत्कालै समस्या समाधानका लागि ९ सदस्यीय कार्यदल...

गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प

पोखरा । गण्डकीका यातायात व्यवसायीले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि पत्रकार सम्मेलन गर्दै व्यवसायीले सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका...

आन्दोलनरत गण्डकीका यातायात व्यवसायीलाई ६ वटा प्रदेशका यातायात व्यवसायी र मजदुर संगठनको साथ

पोखरा । रातो प्लेटका सवारीलाई सार्वजनिक सवारी साधन सरह यात्रु ओसारपोसार गर्न दिन लागेको भन्दै आन्दोलनरत गण्डकी प्रदेशका यातायात ब्यवसायीलाई ६ प्रदेशका यातायात ब्यवसायीहरुले साथ दिने भएका छन । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था ऐन को बर्खिलाप हुने...

गण्डकीका यातायात व्यवसायीको आन्दोलनमा कर्णालीको समर्थन

पोखरा । निजी सवारी साधनलाई भाडामा प्रयोग गरेको विरोधमा आन्दोलित गण्डकी प्रदेशका यातायात ब्यवशायीहरुको पक्षमा कर्णाली प्रदेशका यातायात ब्यवसायीहरुले समेत समर्थन जनाएका छन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिले शुक्रबार विज्ञप्ती...

यातायात व्यवसायीले भौतिक सचिवलाई बुझाए ज्ञापनपत्र

पोखरा । राइड सेयरिङ(निजी सवारीलाई सार्वजनिक सवारी सरह यात्रु बोक्न दिने कार्ययोजना) विरुद्ध गण्डकीका यातायात व्यवसायी सडकमा उत्रिएका छन् । गण्डकी प्रदेशका यातायात व्यवसायीहरूले आज राइड सेयरिङ विरुद्ध पोखरामा ट्याक्सी र्याली निकालेका थिए । उनीहरुले विरोध...

गण्डकीका यातायात व्यवसायीले गरे आन्दोलनको घोषणा

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधनलाई पनि सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिन लागेको भन्दै त्यस विरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघले बिहिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै ७ बुँदे...

बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म...

बुटवल-तानसेन सडकखण्ड सडक भासियो : सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध

बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो ।तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यही खण्डमा...