सडक र सवारी


कृष्णभीरमा नयाँ ट्रयाक : असोज १ देखि दुईतर्फी यातायात चल्ने

काठमाडौं । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाएर २५० मिटर लामो नयाँ ट्रयाक बनाइएको छ। पहिरोले पूर्ण रूपमा ठप्प बनेको उक्त सडकमा यही भदौ २८ गतेदेखि नै परीक्षणका रूपमा साना तथा अत्यावश्यक सवारी साधन चल्न थालिसकेका...

रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको ज्यान गयो, १० जना घाइते

सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका(६ को देउता खोलामा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै...

भरतपुरमा विद्युतीय कारमा आगलागी : एक जनाको जलेर ज्यान गयो

चितवन । भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ। आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा।प्र। ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा...

पोखरामा ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाका नवराज दर्जी रहेको पुष्टि

पोखरा । पोखरामा आज ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा आज बुधबार...

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

काठमाडौं । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा...

धादिङको फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द

काठमडौं । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज (मंगलबार) १० घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै भदौ २३ गते मंगलबार...

नारायणगढ–मुग्लिन खण्डमा सवारी आवागमन आंशिक बन्द हुने

चितवन। मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल सो सडकमा सवारी साधनको आवागमन बन्द रहेको छ। कृष्णभीरमा सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा...

पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कृष्णभीरमा ५० मिटर ट्र्याक तयार

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन ट्र्याक खन्ने काम तीव्र पारिएको छ । सडक विभागका अनुसार पहिरोबाट सिर्जित समस्या समाधान गर्न हाल घटनास्थलमा भित्रपट्टिबाट ट्र्याक निर्माणको कार्य अघि बढाइएको हो...

फेवातालमा भारतीय कार खस्दा दुईजनाको ज्यान गुम्यो, दुई घाइते

पोखरा । पोखराको फेवातालमा कार खस्दा त्यसमा सवार दुईजनाको ज्यान गुमेको छ । दुइजनाको जिवितै उद्धार भएको छ । भारतीय कार फेवा तालमा खस्दा त्यसमा सवार भारतको विहार रक्सोलका २६ वर्षीय नवदीप कुमार यादव र पहिचान नखुलेका ४०–४५ वर्षका अर्का एक पुरुषको ज्यान गुमेको...