सडक र सवारी


दशैं अगाडि वीपी राजमार्ग नखुल्ने भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...

यी सडक अझै छन् अवरुद्ध (सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण देशका मुख्य राजमार्गका सडक अझै अवरुद्ध छन् । बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएपछि काठमाडौंसहित विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको हो । बिहान ८ बजेसम्मको अपडेट अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी आज...

मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

म्याग्दी । मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ । आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ...

सडक मर्मतका लागि मंगलबार राति दाउन्नेमा यातायात सञ्चालनमा रोक

परासी । पूर्व(पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा मर्मतका लागि मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइने भएको छ । सोमबार दिउँसो सडक भासिएर यातायात अवरुद्ध भएकोमा सामान्य मर्मत गरेर मंगलबार बिहानदेखि...

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ...

दसैँको मुखमा कष्टकर यात्रा : अहिले घर जान हतार नर्गन आग्रह

काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर...

दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ । सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निन्तरता...

घटस्थापना देखि पोखरा–चितवन–पोखरा सुबिधायुक्त सोफासहितको बस सञ्चालन हुने

पोखरा । यही १७ आसोज घटस्थापना देखि पोखरा–चितवन–पोखरा सोफासहितको एसी बस सञ्चालनमा आउने भएको छ । सुबिधा युक्त २५ सिटे उक्त बस पोखराको पर्यटन बसपार्क बाट विहान ७ः३० बजे र चितवनबाट विहान ७ः०० छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर...

धादिङस्थित झ्याप्ले खोला पहिरोमा परेका ३२ जनाको शव निकालियो

धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३२ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकीको आइतबार...