राजनीति


पुरानो संरचना भत्काउन योगदान गर्यौं, नयाँ बनाउन सकेनौं : डा. भट्टराई (भिडियो)

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो संरचना भत्काए पनि नयाँ बनाउन नसकिएको बताएका छन् । शुक्रबार पोखरामा मुक्तनाथ कृषि कम्पनी लि.को क्षेत्रीय कार्यालय एवं कृषि उद्यमी परिचय पत्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...

कांग्रेस महाधिवेशन: बन्दसत्र आजै हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महाधिवेशनको...

प्रचण्ड–माधवलाई ओलीको व्यंग: कतिपय दललाई कांग्रेसले औला समाउन दिएन भने के होला भन्ने चिन्ता छ

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले औला समाउन नदिए कसरी हिडने भन्ने चिन्तामा माओवादीलगायतका कतिपय साना दलहरुमा चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका...

लिङ्देनको भनाइप्रति प्रचण्डको आपत्ती ‘नेताहरुलाई बदनाम गर्न खोजियो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि खतरा रहेको भन्दै सचेत रहन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्दै पूर्ववक्ता राप्रपाका...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न वा व्यापार गर्न माधव नेपालको सुझाव

काठमाडौं। ने कपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कांग्रेसको महाधिवेशन...

पोखरा रंगशाला अवलोकन गर्दै मन्त्री बरालले भने, ‘सरकारको थोरै पुँजी सदुपयोग गर्न सहयोग गर्नुहोस’

पोखरा। गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा रंगशाला अवलोकन गरेका छन् । पोखरामा जारी आइटिएफ टेनिस टुर जे ५ खेल अवलोकन गर्न टेनिस कोर्ट पुगेका मन्त्री बरालले शुक्रबार पोखरा रंगशालाको अवलोकन गरेका थिए । कास्की जिल्ला टेनिस संघको आयोजनामा...

काँग्रेस महाधिवेशन स्थलबाट लिङदेनले भने,‘हामीलाई नेता होइन चोर भन्छन् जनता’

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुले छवि गुमाएको बताएका छन् । उनले गाउँघरतिर राजनीतिक नेतालाई नेता नभनेर चोर भन्ने गरेको तितो यर्थाथ सुनाए । कांग्रेसको १४ औँ महाधिवेशनमा सफलताको शुभकामना दिन पुगेका अध्यक्ष लिङदेनले गाउँमा हिजोआज...

नयाँ पार्टी खोल्दै हृयदेश त्रिपाठीः २८ गते घोषणा कार्यक्रम

काठमाडौं । सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् ।२८ गते पार्टी घोषणाको कार्यक्रम राखेको त्रिपाठीले बताएका छन् । त्रिपाठीको अनुसार त्यही दिन पार्टीको नाम, झण्डा...

महाधिवेशन नजाने अड्डी लिएका रामचन्द्र अन्तत् महाधिवेशनस्थल पुगे

काठमाडौं । महाधिवेशनमा नजाने बताएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल अन्तत् महाधिवेशनस्थल पुगेका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् । यसअघि नेता पौडेलले महाधिवेशनको...