समाचार


होली खेल्ने क्रममा छतबाट खस्दा महिलाको मृत्यु

काठमाडौं । काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । तारकेश्वर बस्दै आएकी डिवन कुमारी खड्काको होली खेल्ने क्रममा घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार महिलाको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको...

घुस लिएको आरोपमा यातायात कार्यालयका ९ जनाविरुद्ध मुद्दा दायर

सवारी चालक अनुमतिपत्र लाइसेन्समा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय कास्की,गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको छ । ट्रायलमा फेल भएकाहरू र उपस्थित नभएकाहरुसँग घुस लिएर पास गराएको...

चार दिन देखि उठेन पोखराको फोहोर, महानगरकै गेट अगाडि डंगुर

पोखरा । पोखरा महानगरपालिकाको फोहोर विगत चार दिन देखि उठ्न सकेको छैन । फोहोर नउठ्दा सडक नै दूर्घन्धित भएको छ । स्थानीयलेले माग सम्बोधन नभएको भन्दै महानगरको ल्याण्डफिल साइडमा फोहोर लैजान नदिएपछि चार दिन देखि फोहोर नउठेको हो । पोखरा १४ ल्याण्डफिल्डमा स्थानीयले...

ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन् । ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी अनिषहाङ बहिङ राई पक्राउ परेको विमानस्थल कार्यालयले जनाएको छ। उनी हिजो बिहिबार अमेरिकाबाट नेपाल आउँदै गर्दा...

पल प्रकरणः ५ दिन म्याद थप्ने तयारी

काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धानका लागि आज थप ५ दिन म्याद थप्ने तयारी भएको छ। बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका अभिनेता पल माथि दोस्रोपटक थपिएको १२ दिनको समय शुक्रबार सकिँदै छ । अझै अनुसन्धान बाँकी रहेकाले...

किन आयो अमेरिकी सेनाको जहाज अचानक काठमाडौं? यस्तो छ वास्तविकता

काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक अवतरण गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ। एमसीसी पास भए अमेरिकी सेना नेपाल प्रवेश गर्ने भन्दै एमसीसी पास हुनु अघि सर्वसाधारण नेपाली जनता चिन्तित बनेका थिए । भने केही राजनितिक...

मकवानपुरमा बस दुर्घटनाः दुइ जनाको घटनास्थलमै मृत्यु,९ घाईते

मकवानपुर । मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राति...

भारतको सहयोगमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

काठमाडौं। भारत सरकारको आर्थिक सहयोग अन्तर्गत भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका...