होली खेल्ने क्रममा छतबाट खस्दा महिलाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । तारकेश्वर बस्दै आएकी डिवन कुमारी खड्काको होली खेल्ने क्रममा घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसार महिलाको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । होली खेल्ने क्रममा छतबाट खसेर अर्की एक महिला पनि घाइते भएकी छिन् ।

घाइते भएकी अन्जु कार्कीको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • ४ चैत्र २०७८, शुक्रबार १५:२९ प्रकाशित