ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भुटानी शरणार्थी सुनसहित पक्राउ परेका छन् ।

ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी अनिषहाङ बहिङ राई पक्राउ परेको विमानस्थल कार्यालयले जनाएको छ। उनी हिजो बिहिबार अमेरिकाबाट नेपाल आउँदै गर्दा पक्राउ परेका हुन् ।

उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। तर त्यसलाई उनले एक्सरे मेसिनमा हाल्न नमाने पछि शंका लागेर मेसिनमा हाल्दा शंकास्पद वस्तु देखिएको थियो ।

उनले ड्रोनको लेन्सनिर सुनको बिस्कुट राखेर ल्याएका थिए ।सुरूमा उनीबाट १०० ग्राम सुन बरामद भएको थियो। त्यसरी सुन भेटिएपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेको थियो।

त्यसभित्र रहेको जुत्ता भित्रको भागबाट पनि चाँदीको जलप लगाइएको ९३४ ग्राम सुन जस्तो धातु बरामद भएको छ ।उनको साथबाट पाँच वटा फोन पनि बरामद भएको छ। पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। उनीमाथि अनुसन्धान अघि बढेको भन्सार कार्यालयले जनाएको छ।

  • ४ चैत्र २०७८, शुक्रबार १५:०० प्रकाशित