चार दिन देखि उठेन पोखराको फोहोर, महानगरकै गेट अगाडि डंगुर

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको फोहोर विगत चार दिन देखि उठ्न सकेको छैन । फोहोर नउठ्दा सडक नै दूर्घन्धित भएको छ । स्थानीयलेले माग सम्बोधन नभएको भन्दै महानगरको ल्याण्डफिल साइडमा फोहोर लैजान नदिएपछि चार दिन देखि फोहोर नउठेको हो ।

पोखरा १४ ल्याण्डफिल्डमा स्थानीयले फोहोर फाल्न रोकेपछि सडकबाट फोहोर नउठेको हो । ल्याण्डफिल्ड साइड बनाउदाँ गरेको सहमती कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर बोक्ने गाडी ल्याण्डफिल साईड जान रोक लगाएका छन् ।

पोखरा महानगरकी सरसफाई महाशाखा प्रमुख कल्पना बरालले स्थानीयले ल्याण्डफिलसाइडमा फोहोर लैजान अबरोध भएपछि फोहोर उठाउन नसकिएको जानकारी दिइन् । पोखरा महानगरका अनुसार दैनिक सय टन फोहोर ल्याण्डफिल साईड जाने गरेकोमा चार दिनदेखि त्यतिका फोहोर सडक र नागरिकका घरघरमै रहेको छ ।

समस्या समाधानका लागि स्थानीय संघर्ष समितिसंग कुरा भइरहेको प्रमुख बरालले जानकारी दिइन् । ‘स्थानीय सरोकार समितिले विभिन्न माग पुरा नभएको भन्दै फोहोर लैजान नदेएपछि चार दिनदेखि फोहोर व्यवस्थापन गर्न सकेका छैनौं । ’उनले भनिन् , ‘संघर्ष समितिले राखेका कतिपय माग पुरा भईसकेका छन् । केही माग पुरा गर्ने विषयमा छलफल भइरहेको छ ।’

२०५७ सालमा तत्कालीन उपमहानगरपालिका र स्थानीयबासीबीच ल्यान्डफिल्ड सञ्चालन बारे २८ बँदे समझदारी भएको थियो । उक्त समझदारी कार्यान्वयन नभएको भन्दै यस अगाडि पोहार मंसिरमा पनि स्थानीयले अबरोध गरेका थिए । त्यतिबेला २५ मंसिर २०७७मा महानगरका मेयर मानबहादुर जिसीकै उपस्थितिमा माग सम्बोधन गर्ने सहमतिसंगै स्थानीय फाहोर लैजान दिन सहमत भएका थिए । कार्यान्वयन गर्ने प्रतिवद्धता दोहोरिएपनि महानगरले वास्ता नगरेको भन्दै पुन स्थानीयले फोहोर लैजान अबरोध गरेका हुन् ।

ल्यावसहितको स्वास्थ्यचौकी निर्माण, बाटोको स्तरोन्नती, आपांगमैत्री ट्रयाकसहित बाटोको ढलान, सडक बत्तिको व्यवस्था र प्रभावित क्षेत्रमा खेलमैदानको निर्माण लगायतका माग स्थानीयका छन् ।सफाई अभियान्ता समेत रहेका नागरिक समाज पोखराका पूर्व अध्यक्ष रामबहादुर पौडेलले सहमति भएको माग पुरा नगर्ने महानगर र फोहोर ल्याण्डफिल साईडमा लैजानै रोक्ने काम दुबै गलत रहेको बताउँछन् । ‘स्थानीयसंग भएको सहमति महानगरले यथासिघ्र पुरा गर्नुपर्ने थियो । महानगर गैरजिम्मेवार देखियो । त्यसैगरी माग पुरा गर्नका लागि अन्य विकल्प हुँदा हुँदै फोहोर लैजानै नदिएर स्थानीय अगुवा पनि गैरजिम्मेवार देखिए’ उनले भने ।

  • ४ चैत्र २०७८, शुक्रबार १५:०३ प्रकाशित