ब्यानर न्युज


प्रधानमन्त्री बालेनद्वारा सातै प्रदेशमा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा...

बाढीले पक्की सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

पोखरा। मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा...

विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गरेको बताएका छन् । राष्ट्रिय चेतनाका अग्रदूत तथा नेपाली भाषिक एकताका प्रणेता भानुभक्त आचार्यको २१३ औं...

नयाँ प्रणालीमार्फत राहदानी दिन सुरु

काठमाडौं । राहदानी विभागले नयाँ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ । विभागका अनुसार नयाँ प्रक्रियाबाट छापिएको राहदानी केही सेवाग्राहीले आज असार २९ गतेबाट लिइसकेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको...

आज सुनको भाउ घट्यो

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । आज सुन तोलामा २ हजार ८ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत सोमबार सुनको...

बागलुङमा पर्खाल भत्किँदा पुरिएर पाँच वर्षीया बालकको ज्यान गयो

बागलुङ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको ज्यान गएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको ज्यान गएको हो । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै...

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारणका लागि आज पेसी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेसी तोकेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो । नेपालको...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र सहायक मार्ग अबरुद्ध

काठमाडौं । अविरल वर्षासंगै आएको बाढी र पहिरोका कारण देशका प्रमुख र सहायक राजमार्गमा यातायात अवरुद्ध भएका छन् । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालनमा समस्या भएको छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५...

सहमति बिना यातायात सम्बन्धी ऐन बने नमान्ने व्यवसायीको चेतावनी

पोखरा । यातायात व्यवसायीहरुले आफूहरुको सहमति बिना यातायात क्षेत्र सम्बन्धी ऐन बने नमान्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी व्यवसायी नेताहरुले...