बागमती र लुम्बिनीमा राप्रपा तटस्थ बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । बागमतीमा कांग्रेसका इन्द्र बानियाँ र लुम्बिनीमा एमालेका चेतनारायण आचार्यले विश्वासको मत लिँदैछन् ।

‘राप्रपाले प्रदेश सरकारमा आज विश्वासको मत लिँदै गरेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ’, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘यस सम्बन्धमा प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ ।’

प्रदेशहरूमा सरकार निर्माण सम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित संसदीय दलका नेतालाई पठाएको राप्रपाले जनाएको छ ।

  • १ भाद्र २०८३, सोमबार १३:१८ प्रकाशित