आज कति छ सुनको मुल्य ?

केन्द्रभाग मिडिया

काठमाडौं।

सुनको मूल्य आज पनि बढेको छ ।आज सुन १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

आइतबार यस्तो मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ ।आज चाँदी तोलामा ७० रुपैयाले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ७७० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको थियो ।

  • १ भाद्र २०८३, सोमबार ११:२० प्रकाशित