ब्यानर न्युज


नवनिर्वाचित सांसदहरूको शपथको सम्पूर्ण तयारी पूरा

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद् भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद् सचिवालयले शपथ र...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको ज्यान गुम्यो

  रोयटर्स । कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको ज्यानगुमेको छ । दुर्घटनाका घाइतेको उद्धार गरी नजिकैका अस्पताल पुर्‍याइएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको उच्च अधिकारीले जानकारी दिएका छन् । देशको सशस्त्र बलका...

भोलिदेखि लगातार ३ दिन उच्च पदस्थ अधिकारीको शपथ

काठमाडौं । भोलि अर्थात चैत ११ गतेदेखि ३ दिन नेपालमा उच्च पदस्थ अधिकारीले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएका छन् । ३ दिन भित्र शपथ लिनेमा कार्यपालिका प्रमुख (प्रधानमन्त्री)देखि व्यवस्थापिका प्रमुख र व्यवस्थापिकाका सदस्यसम्म छन् । बुधबार राष्ट्रपति...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो । महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ...

कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य...

अब भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुन्छ : डा. पुन

पोखरा । म्याग्दीबाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद डा. महावीर पुनले अब बन्ने रास्वपाको सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताएका छन् । नयाँ सरकारले भ्रष्टचार रोक्न नसके जनतालाई ठूलो धोका हुने उनले उल्लेख गरेका...

आज विश्व क्षयरोग दिवस, विविध कार्यक्रसहित भनाइँदै

काठमाडौं । ‘हो !, हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०३५ सम्म...

आज गण्डकीसहित यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ । अहिले (मंगलबार) विहान कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा...

मातहतका कमिटीलाई निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले...