प्रमुख समाचार


पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । बुधबार बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।वर्षाले बिहीबार सबेरै ठाउँठाउँमा पहिरो चलाएपछि यातायात सेवा अवरुद्ध भएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका...

नेता राजाराम कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले आज र भोलि ( भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने भएको छ । कांग्रेसका नेता डा.राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो । बिहीबार बिहान बसेको बैठकले कार्कीको निधनमा...

योगेशले भने– ‘हाम्रो लागि संसद प्यारो छ’

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले एमालेका लागि संसद प्यारो रहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् । संसदको बैठक सत्तापक्षकै कारण पनि अवरोध भएको टिप्पणी गरे । ‘हाम्रो लागि संसद कति प्यारो...

आकासियो प्याजको भाउ, स्याङ्जामा मूल्य दोब्बर

स्याङ्जा । स्याङ्जामा प्याजको मूल्य दोब्बर भएको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपैयाँसम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वभाविक रुपमा मूल्य बृद्धि गरेपछि प्याजको...

अवरुद्ध संसद खुल्यो, खड्काद्वारा दलहरुबीच भएको सहमतिबारे सदनमा जानकारी

काठमाडौं । २८ दिनदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक बसेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक २८ दिनपछि छानविन समिति गठन गर्ने सहमति सँगै सदन बसेको हो । बुधबार...

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले बहिष्कार गरेपछि स्थगित भएको छ । बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको...

अमेरिकाको दवाबमा नक्कली शरणार्थी प्रकरण छानविन भएको महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाएका छन् । आज (बुधबार) विहान वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सरकारकै डिजाइनमा भ्रष्टाचारका काम भइरहेकाले एमालेले संसद् अवरोध गरेको बताएका...

पर्यटनमन्त्री सुदन किरातीलाई पितृशोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । बुधबार बिहान मन्त्री किरातीका बुवा हर्कबहादुर राईको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनी ७६ वर्षका थिए । १४ वर्षदेखि पक्षघातका बिरामी रहेका हर्कबहादुरको...

१६ हजार रुपैयाँ घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रअ पक्राउ

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौंको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ परेका छन् । कागेश्वरी मनोहरा, नगरपालिका–१ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र सोही विद्यालयका...