पर्यटनमन्त्री सुदन किरातीलाई पितृशोक

केन्द्रभाग मिडिया

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ ।

बुधबार बिहान मन्त्री किरातीका बुवा हर्कबहादुर राईको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनी ७६ वर्षका थिए । १४ वर्षदेखि पक्षघातका बिरामी रहेका हर्कबहादुरको उपचारका क्रममा बुधबार बिहान पौने ५ बजे निधन भएको हो ।

मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा बुवाको निधन भएको जानकारी दिँदै लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो १ उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छातीभित्र । ‘

  • ६ भाद्र २०८०, बुधबार ०९:५३ प्रकाशित