१६ हजार रुपैयाँ घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रअ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौंको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा, नगरपालिका–१ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र सोही विद्यालयका प्रधानाध्यापक बुद्धिबिलास धिताल पक्राउ परेका हुन् ।

उनीहरुले शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनसन्धान आयोगले जनाएको छ । सो आरोपमा अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • ५ भाद्र २०८०, मंगलवार १७:३६ प्रकाशित