प्रमुख समाचार


मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गरेका छन । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा भेट भएको...

स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको छ : विष्णुप्रसाद लामिछाने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको बताएका छन् ।नेपाल प्रेस युनियनको ३३ औं स्थापनाको सन्दर्भमा नेपाल प्रेस युनियन कास्की शाखाले आईतबार आयोजना गरेको ‘प्रेस माथिका चुनौती’...

झण्डै ४ करोड बराबरको कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौंबाट झण्डै ४ करोड बराबरको लागूऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् । दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो...

पोखरा बिरौटाका लक्ष्मीकान्तको घरबाट लाखौंको चोरी

कास्की । पोखरामा एक घरबाट लाखौंको चोरी भएको छ । पोखरा महानगरपालिका(१७ बिरौटा अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट गरगहना घरको ढोकाको ताल्चा फोडेर सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाई...

आज देखि देशभर आई.पी.भी खोप अभियान : गण्डकीका १ लाख भन्दा बढी बालबालिकाले खोप लगाउँदै

पोखरा । आज जेठ १३ गतेदेखि देशभर आईपीभी (पोलियो विरुद्धको ) खोप अभियान सुरु हुदैँ छ । आज देखि सुरु हुने अभियान २६ गतेसम्म सञ्चालन हुने भएको छ । आईपीभी खोप अभियानमा देशभरका १४ लाख बढी बालबालिकालाई खोप लगाइने भएको छ । यता गण्डकी प्रदेशका ११ जिल्लाका १...

भारतमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको ज्यान गयो

काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको ज्यान गएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा लागेको आगो...

बिहान तीन प्रदेशमा हल्का वर्षा, दिउँसो र राति यस्तो रहनेछ मौसम

पोखरा । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया...

अन्नपूर्ण संरक्षण क्षेत्रबाट नदीजन्य पदार्थ ल्याउँदै गरेको टिप्पर नियन्त्रणमा

पोखरा । कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्ज पदार्थ चोरी निकासी गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ । कास्कीको माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा बालुुवा लिएर आउदै गरेको ग १ क...

पोखरा कलेज अफ म्यानेजमेन्टमा पहिलो पटक ‘पिसीएम फेस्टवल’

पोखरा । पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट ९पिसीएम० मा पिसीएम फेस्टिवल सम्पन्न भएको छ ।पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट...