अन्नपूर्ण संरक्षण क्षेत्रबाट नदीजन्य पदार्थ ल्याउँदै गरेको टिप्पर नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्ज पदार्थ चोरी निकासी गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ ।

कास्कीको माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा बालुुवा लिएर आउदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई पोखरा १९ अकला मन्दिर स्थित सडक खण्डबाट नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

शर्माका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी भएको सुचनाको आधारमा वडा प्रहरी कार्यालय बगरको टोलीले उक्त टिप्परलाई नियन्त्रणमा लिइएको हो ।

उक्त टिप्परलाई थप अनुसन्धानको तथा आवश्यक कारबाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र कार्यालय हरियोखर्क पोखरा पठाइएको समेत प्रवक्ता शर्माले जानकारी दिए ।

  • १२ जेष्ठ २०८१, शनिबार २१:५९ प्रकाशित