प्रमुख समाचार


एमाले स्थायी कमिटी बैठक बस्दैं : पार्टी कमिटी र सङ्गठनहरूलाई पूर्णता दिने

काठमाडौं । नेकपा एमालेको आज शुक्रबार स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठकमा पार्टी कमिटी र विभिन्न सङ्गठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफलपछि...

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

तनहुँ । अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही ११ असोजको बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै...

पोखराको माझठानामा स्कूल बस दुर्घटना, १८ जनाको उद्धार

पोखरा । पोखरा–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ । आज विहान करिव ६: ३० बजे विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिकास्थित स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी...

स्वीकृत दरभन्दा सस्तोमा हवाइ टिकट बेच्न वायुसेवा कम्पनीहरु सहमति

काठमाडौं । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाएको गुनासो आएपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल...

नेपाल पर्यटन बोर्डले ल्यायो १ अर्ब ७० करोडको बजेट

काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले चालु आवको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट ल्याएको हो । गत आवमा १ अर्ब ५९ करोडको बजेट कार्यान्वयन गरेको बोर्डले ८९ करोड ४७ लाख...

आज झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से २.३१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २५७४ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९३ करोडको भयो । आज १४० कम्पनीको मूल्य बढ्दा...

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनःस्थापना...

भोटेकोशी बाढीको क्षतिबारे बागमती सरकारको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो

काठमाडौं । रसुवाको भोटेकोशी बाढीको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री किरण थापामगरलाई बुझाइएको छ । प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले बिहीबार सो प्रतिवेदन...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष उनले आझ शपथ लिएकी हुन्। आजको स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई...