काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो ।
कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे ।
पवन सर्राफले २३ बलमा २ छक्का मदतमा अविजित ३० रन जोडे । गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे ।बलिङमा काठमान्डुका लागि कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए ।












