प्रमुख समाचार


इजरायलका स्याहार केन्द्रमा नेपाली कामदारका लागि आवेदन खुला : १,४६४ कामदार माग

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार...

धादिङको फुर्केखोला खण्डको वैकल्पिक सडक आज १० घण्टा बन्द

काठमडौं । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज (मंगलबार) १० घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै भदौ २३ गते मंगलबार...

आज अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका केही मुद्राको भाउ बढेको छ। हिजो पनि अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको विनिमयदर स्थिर...

आज बढ्यो सेयर बजार

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा उत्साहजनक सुधार देखिएको छ। आज नेप्से १८.०७ अङ्कले बढेर २५६०.८४ विन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा कुल ३५२ वटा कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८४४...

पोखरा उद्योग वाणिज्य सङ्घ निर्वाचन अपडेट : जारी मतगणनामा कसको कति मत ?

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ । अहिले कार्यसमिति अन्तर्गत साधारण सदस्यहरुको मतगणना जारी रहेको छ ।हालसम्म १६ सय बढी मत गणना सम्पन्न भएको छ । जारी मतगणनामा कार्यसमिति सदस्यकी उम्मेदवार...

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन् । धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको...

विद्युत् आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट ११ जलविद्युत् आयोजनामा क्षति पुर्‍याए पनि आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार गरेको पत्रकार सम्मेलनमा सेनाका...

नेपालको बाढीबारे अस्ट्रेलियाली प्रधानमन्त्रीले भने, ‘यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न’

काठमाडौं। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले...

गृह मन्त्रालयले बनायो लागु औषध नियन्त्रण विभाग

काठमाडौं । गृह मन्त्रालयले नयाँ विभाग स्थापना गरेको छ । बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि गरेको मन्त्रालयको ओ एन्ड एममा नयाँ विभाग थपिएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘मन्त्रालयको ओ एन्ड एम गर्दा नयाँ विभागको रूपमा लागु...