प्रमुख समाचार


न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन संसद्मा पत्र

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेम राईमाथि महाभियोग लगाउन माग गर्दै सङ्घीय संसद् सचिवालयमा पत्र पुगेको छ । शंकर रजकले रजिष्ट्रि पत्रमार्फत सचिवालयमा पत्र पठाएका हुन् । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद...

सङ्खुवासभामा चट्याङ लागेर एकको ज्यान गयो, दुई जना गम्भीर घाइते

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पाँचखपन –८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको ज्यान गएको छ, भने दुई जना गम्भीर घाइते भएका...

कृत्रिम अभाव सिर्जना गर्ने सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ : उद्योगमन्त्री

काठमाडौं । ग्यास उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी राज्यलाई नै अटेरी गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले देशमा सञ्चालित सबै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । बुधबार संघीय संसदअन्तर्गतको...

पोखरामा ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाका नवराज दर्जी रहेको पुष्टि

पोखरा । पोखरामा आज ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा आज बुधबार...

बाढी प्रभावितहरूलाई अस्थायी बासका लागि सरकारले थाल्यो सर्वेक्षण

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरुलाई प्रभावितको इच्छा बमोजिम अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण गरिरहेको जनाएको छ । आपतकालीन अवस्थामा प्रभावितहरूका लागि होल्डिङ सेन्टर सञ्चालन...

आज १५ अङ्कले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजारमा आज बुधबार दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १५.४३ अङ्कले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो । आज कुल १९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ११ कम्पनीको...

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

पोखरा । पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गएको छ । प्रहरीको अनुसार आज दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ...

किम्रुङखोलाको बहाव पुरानै अवस्थामा फर्कियो, जोखिम नरहेको दावी

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको...

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन

काठमाडौं। बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ । यस्तो स्थितिमा उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई ग्यासको सहज उपलब्धताका लागि आवश्यक...